माघ २६ गते इमर्जिङ नेपाल लिमिटेडको आईपीओ खुल्ने


काठमाडौं, माघ १८। इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर आइपीओ निष्कासन गर्ने भएको छ। इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि शेयर निस्कासन गर्न लागेको हो।

प्रति शेयर एक सय अंकित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार १ सय २२ कित्ता साधारण शेयर कर्मचारी र पाँच प्रतिशत अर्थात् २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयर सर्वसाधारणले पाउने छन्।

२६ गते निस्कासन हुने शेयर फागुन १ गते बन्द हुनेछ। न्यूनतम १० कित्ता शेयर आवेदन दिन सकिने छ।