सञ्चारमन्त्री कार्कीको गाडीलाई एमाले निकट अखिलले कालो झण्डासहित घेरे


सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएर केही समय सडकमै घरे ।

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित सरकारी निवासबाट कार्यालय सिंहदरबार जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएर सडकमै घेरेका हुन ।

उनीहरूले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर भन्दै नाराबाजी समेत गरी कालो झण्डा देखाएका हुन ।
प्रहरीले कालो झण्डा देखाउनलेलाई हटाएपछि मन्त्री सवार गाडी अगाडी बढेको थियो ।