भिजिवलिटी कम हुँदा जहाज आकाशमै होल्ड


काठमाडौं, माघ २०। बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ। बिहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा हुँदा उडान हुन नसकेको हो । यस्तै विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ ।

आजका लागि एक सय १२ वटा नियमित उडान तोकिएको छ। पश्चिमी वायुको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खराबी आएपछि देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन। तर काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक रहेपनि एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ।