३ हजार १७५ जनामा कोरोना संक्रमण १४ जनाको मृत्यु


देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।