२ हजार ५२६ जनामा संक्रमण पुष्टि, थप १६ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६ सय ५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६ सय २ र चार हजार ४ सय १८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ४ सय २५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४ सय ५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३ सय ६७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २ सय ४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।