कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए


काठमाडौं, माघ २२। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो ।

५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् ।