यू-१९ विश्वकपको उपाधि भारतलाई


काठमाडौं, माघ २३। यू-१९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सार्वधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बावाले ३४ रन जोडे ।

इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जोम्स सेल्सले समान दुई-दुई वेकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । इंग्लान्डको लागि जेम्स रेवले सार्वधिक ९५ रन जोडेका थिए । उनले १ सय १६ बलमा १३ चौका प्रहार गरेका थिए । त्यस्तै जेम्स सेल्सले ३४ रन, जर्ज थोमसले २७ रन जोडे भने अन्यको प्रदर्शन सम्झन लायक रहेन । भारतका लागि राज बावाले ५ विकेट, राज कुमारले ४ विकेट लिए ।