यातायातमा जोरबिजोर हटने


कोभिड–१९ निर्देशक समिति सीसीएमसीले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार माघ २४ देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।