नेपालमा गाँजा खेतीले कानूनी मान्यता पाउँदै


गृह मन्त्रालयले औषध जन्य प्रयोगका लागि गाँजा खेती गर्नलाई कानूनी मान्उता दिने तयारी थालेको छ । गृह मन्त्रालयले ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको जनाएको छ ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले कार्यविधि बनाइरहेको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।
कार्यविधि बनेपछि अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिनेछ । गाँजालाई कानुनी दायरामा ल्याउन खोजिएको पोखरेलको भनाई छ ।

औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको छ । तर विस्तृत व्यवस्था नहुँदा कार्यविधिमार्फत समेट्न खोजिएको गृहको भनाई छ । नेपालमा समेत गाँजा खेती गरी आम्दानी गर्ने सकिने प्रसस्तै आधारहरु छन् ।

गाँजाको बोटबाट राम्रो गुणस्तरका कपडा तथा उपहारका सामान समेत निर्माण गर्न सकिन्छ । नेपालमा पूर्वसचिव इन्जिनियर डा. भीम उपाध्यायले वर्षैदेखि गाँज खेतीको पक्षमा सामाजिक सञ्जालमा बहस निर्माण गरीरहेका छन् । उपाध्यायले नेपालमा समेत व्यवस्थित रुपमा व्यवसायिक गाँजा सुरु गर्न सकेमा विश्वकै राम्रो उत्पादन हुने दाबी समेत गर्दै आएका छन् ।