महाभारतका भीम चरित्रमा खेल्ने प्रवीण कुमारको निधन


चर्चित धारावाहिक नाटक महाभारतमा भीमको चरित्र निभाएका अभिनेता प्रवीण कुमारको निधन भएको छ। उनको सोमबार राती साढे नौ बजे दिल्लीस्थित आफ्नै घरमा हृदयाघात भएर निधन भएको हो। ७४ वर्षीय प्रवीणको निधनको पुष्टि भने महाभारतमा युधिष्ठिरको भूमिका निभाएका गजेन्द्र चौहानले गरेका छन्।

ुआज बिहानै एक दुःखद समाचार पाएको छु। मेरा महाभारतका भाइ प्रवीण कुमारजीले हामी सबैलाई छोडेर अनन्त यात्रामा निस्किएका छन्ु, सामाजिक संजालमा गजेन्द्रले लेखेका छन्,ुविश्वास लागिरहेको छैन। तपाईं सधैँ स्मरणमा रहिरहनु हुनेछ।’

महाभारतबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका छन्। लामो समयदेखि बिरामी रहेका प्रवीण घरमा आराम गरिरहेका थिए। प्रवीण फिल्ममा आउनु अघि खेलाडी थिए।

चार पटक एसियन गेमहरूमा पदक पनि जितेका थिए जसमा दुई वटा स्वर्ण पदक थिए। हरेक नेपाली तथा भाारतीय मात्र नभई हिन्दु धर्मावलम्बीले महाभाारत शिरियरलाई निकै महत्वका साथ हुर्ने गर्छन ।