माओवादी प्रतिक्रियावादीहरूले घेरामा परेको अध्यक्ष प्रचण्डको भनाई


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै अध्यक्ष दाहालले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै राजनीतिक दलशरुबीच निकै सक्रियता बढेको छ ।