एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी नै राख्ने


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताएका हुन । पार्टीको पूर्ववत अभियान र अवरोध जारी नै रहने भन्दै जबसम्म सभामुख अग्निप्रसाद सापकोटाले विगतको निर्णय नसच्चाएसम्म वा राजीनामा नदिदासम्म अवरोध जारी रहने प्रमुख सचेतक भट्टराईको भनाइ छ ।

नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको भन्दै एमालेले अपनाएको नीति मुलुकको राजनीति र देशलाई समेत सही दिशामा लैजान महत्त्वपूर्ण भएको दाबी गरे ।