पछिल्लो ६ महिनामा ६३ जना विदेशीसहित २२ सय ४६ जना लागुऔषध कारोबारी पक्राउ


चालु आर्थिक वर्ष २०७८–७९ सुरु भए यताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । पक्राउ पर्नेहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ । –न्युज कारखाना