एमसिसीको विरोधमा प्रदर्शन


अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। बुधबार माइतीघरमा ७ राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादी सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।

सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै हाल माइतीघरमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता नारा लगाइएको थियो। केहि समय अधि शान्त रहेको एमसीसीका विषय दलहरुबीच छलफल हुन थालेसंगै सडक तात्न थालेको हो ।