एमाले अध्यक्ष ओलीलाई भेटेका कांग्रेस नेता कोइरालाले प्रचण्डलाई भेट्ने


केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन्।

त्यसका लागि डा। कोइराला अहिले बिहान ९ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिले बिहान ९ बजे खुमलटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए।

‘अहिलेको समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने बताइएको छ । एमसीसी विवाद चर्किएको तथा स्थानीय निर्वाचनको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्। कोइराला कांग्रेस सभापतिका प्रत्यासित अध्यक्ष हुन ।