नगर सभा सम्पन्न भएपछि सार्वजनिक विदा


पर्वतको फलेवास नगरपालिकाले १० औं नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको जनाएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ(संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो ।

नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो । फलेवास नगरपालिकाको दशौं नगरसभाले विभिन्न विधेयक समेत सर्वसम्मतिले पारित गरेको जनाएको छ । फलेवास नगरपलिकाको नगर विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७८, फलेवास नगरपालिकाको स्थानिय उर्जा विकास विधेयक, २०७८ पारित गरेको जनाएको छ ।

वालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन २०७६ को पहिलो संशोधन २०७८, आ.व २०७८\०७९ को संशोधित बजेट तथा कार्यक्रम र फलेवास नगरपालिका कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक २०७८ र फलेवास नगरपालिकाको स्थानिय पाठ्यक्रम २०७८ पािरत गरेको हो ।
यता सार्वजनिक विदा दिएपछि स्थानीय स्तरमा चर्को विरोध भएको छ । विभिन्न सामाजिक व्यक्तित्व तथा नगर बासीले निकै नगरपालिका प्रति निकै व्यङग गरेका छन् ।