जुम्ला हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि उद्धार


जुम्लाको तातोपानीमा हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि उद्धार भएको छ। तातोपानी गाउँपालिका–८ का ३४ जनालाई पाँच दिनपछि बुधबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा उनीहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए।

उनीहरुगाग्रा पाटनमा सेतो चिनी ९खिरौला० संकलन गर्न जाँदा माघ २१ गतेदेखि हिउँमा फसेका थिए। २३ माघमै उनीहरुको उद्धार गर्ने स्थानीय प्रशासनको प्रयास असफल भएको थियो। त्यतिबेला उद्धारका लागि हेलिकोप्टर पठाइएको भए पनि बाक्लो हिउँ जमेकाले हेलिकोप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न झारेर फर्किएको थियो।

बाक्लो हिउँ जमेर बाटोसमेत नखुलेकाले उनीहरूको उद्धार हुन सकेको थिएन ।