बच्चा चोरने दुई महिला पक्राउ


अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिलालाई प्रहरीले समातिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले अझै खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आजै पत्रकार सम्मेलन गरी जानकारी दिने भएको हो ।