आगलागी परी ज्यान गुमाएका मजदुरको शोकमा तुल्सीपुर बजार बन्द


पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता(चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो । आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने पूर्ण आइसकेको छैन ।