नेपालका चर्चित हास्यव्यङग कलाकार पाण्डेलाई मातृ शोक


हास्यशृंखला भद्रगोल र सक्किगोनीका ‘पाँडे’ हास्य अभिनयका चर्चित पात्र हुन् । फटाहा प्रवृत्तिको गाउँले बुढाको भूमिकामा पाँडेको अभिनय खुब रुचाइएको छ । स्थायी घर नुवाकोट भएका पाँडेको सक्कली नाम हो, अर्जुन घिमिरे ।

०७० अघि ‘सिस्नुपानी’ सिरियलमा काम गर्थे । त्यति बेला कुमार कट्टेल ‘जिग्री’ ‘मेरी बास्सै’मा अभिनय गर्थे । जिग्रीले मेरी बास्सै छाडेपछि दुर्इबीच भेटघाट बाक्लिन थाल्यो र नयाँ हास्य टेलिसिरियल ल्याउनेबारे छलफल चल्न थाल्यो । लामो छलफलपछि ‘भद्रगोल’ ल्याउने निर्णयमा पुगेका थिए ।

त्यसपश्चात ०७० मा भद्रग्रोल ल्याएका थिए । भद्रगोल ल्याउने निश्चित भएपछि पात्रबारे छलफल सुरु हुन थाले । पात्र कस्ता चयन गर्दा दर्शकले रुचाउँछन् भन्ने सोच्न थाले ।

सिरियलमा एउटा बुढो–बुढो, कतै पनि नमिल्ने फटाहा प्रकृतिको पात्र राख्ने निर्णय भयो । त्यो चरित्रमा घिमिरे आफैले अभिनय गर्ने निर्णय भयो । तर, नाम के राख्ने भन्ने निर्णयमा लिन समय लाग्यो । सुरुमा ‘भँडारी बा’ राख्ने सल्लाह भएको थियो ।

भण्डारीलाई गाउँघरमा चलनचल्तीको भाषामा भँडारी भन्ने गरिएको र त्यसैलाई जोडेर ‘भँडारी बा’ राख्ने टिममा सल्लाह भएको थियो । छलफल चल्दै गर्दा यता पनि नमिल्ने उता पनि नमिल्ने अर्थात् आलुपाँडे चरित्रमा त ‘पाँडे’ नै नाम राखौँ कि भन्ने कुमार कट्टेले प्रस्ताव गरेका थिए ।

अनि अन्ततः पाँडे नै राखियो । भँडारी बा देखि पाँडे बन्ने भएपछि अभिनय गर्ने भन्ने विषयले सतायो । पाँडेलाई गेटअपदेखि, हाउभाउ र बोली सबै बदल्नुपर्ने थियो । त्यसपछि पाँडे पात्रमा ‘रिहर्सल’ सुरु गरेको थिए । रिहर्सलमा पाँडेलाई स्वर निकाल्नै सुरुमा निकै अप्ठ्यारो भयो ।

सिक्दासिक्दा केही दिन घाँटी दुखेर समसया समेत आएको थियो । पछि बानी पर्दै गयो र पाँडे चरित्रमा डुबेपछि पर्दाका लागि तयार भयो । त्यतिखेर पाँडेले जुँगा पनि पालेको थिएन, नक्कली नै राख्थे, कुप्रो पर्थे ।

यी सबै १०–१२ पाटातिर विचार पुर्याएर अभिनय गर्न मुस्किल भएको सुनाए । कहिले जुँगा उप्किने, कहिले कुप्रिएको नमिल्नेजस्ता समस्या सुरु–सुरुमा आइरहन्थे । उनले जे होस् भनेर हावाकै भरमा पाँडेको अभिनय गरेका थिए । यो अभिनयमा स्थापित हुने उनले सोचेका थिएनन् ।

तर, त्यो पात्रै धेरै दर्शकले रुचाइए । दर्शकको माया पाउन थालेपछि भने आफूले निर्वाह गरेको चरित्रमा डुबेर अभिनय गर्न थालेको थिए । अभिनयको सुरुवाती दिनमा लगाउने कपडाको पनि समस्या थियो ।

पुराना कपडा लगाउनुपर्ने, तर कहाँबाट ल्याउने भन्ने पनि समस्या आयो । अन्ततः सुटिङस्पट नजिकैका एक जना दाइको दौरासुरुवाल मागेर लगाएका थिए । केही शृंखला त्यसरी चलेपछि स्थायी रूपमै कपडाको जोहो गरियो । दौरा सुरुवाल त नयाँ सिलाए, तर कोट पुरानो–पुरानो देखिने चाहिएको थियो ।

टिममा सल्लाह गर्दा सहकर्मी कलाकार कमलमणि नेपाल ‘खुपीका बाउ’को काकाको कोट ल्याउने कुरा भयो । मोरङबाट त्यो कोट मगाएर अभिनय सुरु गर्न थालका थिए । उनले अहिलेसम्म पनि त्यही जडौरी कोट लगाएर अभिनय गरिरहेको छ ।

पहिले चप्पल नलगाई अभिनय गर्ने गरे पनि अहिले भने चप्पल लगाउन थालेका छन् । ‘भद्रगोल’को पाँडे भनेर होस् या अर्जुन घिमिरे पाँडे भनेर होस्, धेरै दर्शकले उनलाई चिनेका छन् । तर, पाँडेको अभिनयमा चिन्ने दर्ककले अर्जुन घिमिरेको रियल गेटअपमा हिँड्दा कमैले ठम्याउँन सक्टन् ।

चिनिसकेपछि पनि झुक्किन्छन् । यस्तो भर्खरको केटोले कहाँ त्यस्तो बुढोको अभिनय गर्न सक्ला भन्ने जिज्ञासा राख्न सक्छन् । त्यसो त समाजमा मिल्न नसक्ने र भाँडभैलो मच्चाउन उद्यत हुने पात्र भनेर पाँडेप्रति असन्तुष्टि जनाउनेहरू पनि पाँडेले भेटेका छन् । पाँडे भन्छन्, ‘समग्रमा पाँडे पात्र बनेर जसरी मेरो परिचय स्थापित भएको छ, मैले त्यो चरित्रमार्फत दर्शकलाई अझ बढी मनोरञ्जन दिलाउने प्रयत्न गरिरहेको छु ।

सबैको मनमुटुमा बस्न सफल लोकप्रीय हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार उनै अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको दुखदायी खबर छ । उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाको निधन भएको बताए ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो । लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन ।

आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् । अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए ।

उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाकोे स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियोे’ भनेर लेखेका थिए । ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि उनकी आमाको आज बिहान निधन भएको हो ।