देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको हो।

नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गरिनुपर्ने दबाबमा रहेका बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो। प्रचण्ड र नेपालले जस्ताको तस्तै एमसीसी पास गर्ने पक्षमा छैनन भने नेपाली कांग््रे्सले संसदमा पेश गरी छलफल गर्ने पक्षमा लागि परेको छ ।