युएईविरुद्ध नेपाल २५ रनले पराजित


चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध २५ रनको पराजय भोगेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । दिपेन्द्रले ५ चौका हिर्काए ।

डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र दुई छक्का हिर्काए ।

आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउदा २ चौका र १ छक्का हिर्काए ।

आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।

युएईका लागि चिराग सुरीले अविजित ५३ सर्वाधिक ८४ रनको योगदान गरे । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे ।

मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

सन्दीपको टी–ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट हो ।