मधेश प्रदेशमा आज सार्वजनिक बिदा


काठमाडौं, फागुन ०१। मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । २०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ । यही अवसरमा मधेश प्रदेशले सशस्त्र द्वन्द्वको समयमा सहिद भएका तथा सदस्य गुमाएका परिवारलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ । सो अनुदानवापतको पहिलो किस्ताको एक लाख रुपैयाँ आजै दिईने तयारी गरिएको छ ।