प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता


काठमाडौं, फागुन ०१। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेसको एक नेताले महाभियोग प्रस्ताव दर्ता भएको हाो । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।

प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ ।

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनसमेत निरन्तर आन्दोलन रहँदै आएको छ । संसद् बैठकमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएकाले संसदमा यो प्रस्ताव छलफल हुने वा नहुने बारेमा अझै अन्यौल छ ।