महाअभियोग संसदमा दर्तासँगै प्रधानन्यायाधीश जवरा निलम्बित, कामु प्रधानन्यायाधीशमा कार्की


संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ ६० अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् ।

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका हुन ।

महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । संविधानको धारा १०१ ६० अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

सत्तारुढ गठबन्धनका गगन थापा, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका हुन ।