सभामुखबाट सर्वदलीय बैठक आब्हान


सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठकको आब्हान गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग, एमसीसी संसदमा पेश गर्ने वा नगर्ने विषय र एमालेबाट जारी संसद अवरोधका विषयमा छलफल केन्द्रित हुने छ ।