प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको अध्यक्षमा लामिछाने


प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध रुपमा रविन लामिछाने चयन भएका छन् । लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय प्रत्यक्ष दोहोरी कलाकार संघ गठन भएको हो ।

सयौ दोहोरी कलाकारहरुको उपस्थित रहेको लाइभ दोहोरी गाउने कलाकारहरुको हकहितको लागि संघ केन्द्रित हुने अध्यक्ष लामिछानेले बताएका छन् । लाइभ दोहोरीमा देखिएको बिकृति विसंगति बिरुद्धमा उल्लेखिय काम गर्ने उद्देश्यका साथ गठित सस्थाले आगामी दिनमा थप व्यवस्थित र मर्यादित बनाउँदै लोक संस्कृतिकको जगेर्ना गर्ने संस्थाको मुख्य उद्देश्य रहेको लामिछानेले बताएका छन् ।

सम्पन्न प्रथम अधिवेशनबाट चर्चित दोहोरी गायक लामिछाने विगत एक दशक भन्दा वढि समयदेखी दोहोरी क्षेत्रमा अव्वल रुपमा चिनिएका छन् । लामिछाने अहिले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वयन समितिका प्रवक्ता एवम् गोरखा सांस्कृतिक समाजका महासचिव पदमा रही काम गर्दै आएका छन् ।

इन्द्रेणीका संचालक एवम् समाजसेवी कृष्ण प्रसाद कंडेलको प्रमुख आतिथ्यता, रविन लामिछानेको सभापतित्व रहेको कार्यक्रमलाई गायक बालचन्द्र बरालले संचालन गरेका थिए ।

अग्रज गायक तथा इन्द्रेणी काार्यक्रमका सञ्चालक कृष्ण कँडेलको संयोजकत्वमा अग्रज गायक इन्द्र जिसी, अग्रज गायक बद्री पराजुली र गीतकार सुमन पण्डितको निर्वाचन मण्डलले कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा बिनोद श्रेष्ठ, सुनिल लामिछाने लगायतका बिशिस्ट अतिथिसहित लाइभ दोहोरिसंग सम्बन्धित संचालकहरु अतिथिको रुपमा उपस्थित रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालसँगै सम्बन्धित रहेका सयौं कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानको तर्फबाट भने सहभागी थिएन ।
नयाँ कार्यसमितिको नामावली यसप्रकार छ :–

अध्यक्ष–रबिन लामिछाने
वरिष्ठ उपाध्यक्ष – बबिता बानियाँ (जेरी)
प्रथम उपाध्यक्ष – बाल चन्द्र वराल
उपाध्यक्ष – श्याम राना
उपाध्यक्ष – चिज गुरुङ
उपाध्यक्ष – सुमन परियार
उपाध्यक्ष महिला – मिना बुढाथोकी
महासचिव – प्रकाश पराजुली
उपमहासचिव – रेशम निर्दोष
सचिव – वसन्त बिक
महिला सचिव – टिका सानु
कोषाध्यक्ष – मानसिंह खड्का
सह–कोषाध्यक्ष – सुमन थापा

सदस्यहरुमा सविन आचार्य, प्रकाश रसाइली, तारा थापा, सुष्मा ठकुरी, टेकराज भण्डारी, निशान्त बिकी छन् । जीवन कँडेल, सुमन खड्का, विवेक धिताल, रिता रावत, शोभा कार्की, डिल बहादुर तिरुवा, शंकर क्षेत्री, जिवन सिग्देल, हेमन्त खत्री, पवित्रा सर्तुंगे मगर, प्रीतम पोखरेल, अमृता लामिछाने, राम परियार, अस्मिता डिसी छन् । यस्तै गणेश कँडेल, प्रशन्न पाठक, दिलिप बिक, प्रकाश परियार, लक्ष्मण पौडेल, वीर सिं सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, रत्न श्रेष्ठ, सबिन गुरुङ, अमृत सापकोटा छन् ।