सर्वदलीय बैठक सिंहदरबारमा सुरू


प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित हुने घोषणा गरी सकेकाले सहभागी भएको छैन । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ । बैठकमा प्रधाानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर ओझा, नेकपा माओवादी केन्द्रका अध्यक्ष, प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेललगायतका दल तथा नेताहरु सहभाागी छन् ।

बैठकमा महाभियोग, एमसीसी, एमालेको लगातार संसद बैठक अवरोधलगायतका विषयमा छलफल केन्द्रित हुने छ ।