धितोपत्रको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस


नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि अन्तिम तीनजनाको नाम छनौट भएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो।

योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको समितिले ३ जनाको नाम छनोट गरेको थियो । समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गर्ने छन्। सिफारिस गरिएको ३ जनाबाटै एकजनालाई मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ।