इन्द्रेणी फाउण्डेशन मार्फत एकै दिनमा १० लाख भन्दा धेरै सहयोग रकम हस्तान्तरण


काठमाडौं, फागुन ०३। इन्द्रेणी फाउण्डेशन मार्फत एकै दिन १० लाख ६० हजार रुपैयाँ विवरण कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले विभिन्न दुःखी पिडित तथा उपचार खर्चमा अभाव भएकाहरुलाई आर्थिक सहयोग गरेको छ । फाउण्डेशनले विभिन्न जिल्लामा बसोवास गर्ने दिर्घ रोगी तथा समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो ।

स्वदेश तथा विदेशमा बसोवास गर्ने सहयोगी मनहरुले फाउण्डेशनलाई सहयोग गरेको रकमबाट समस्यामा परेकाहरुलाई सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले बताउँनुभयो । फाउण्डेशनले एकै दिन ३७ जना समस्यामा परेका र जटिल प्रकारको रोगको उपचार गरी रहेका पीडितलाई १० लाख ६० हजार रुपैयाँ चेक मार्फत सहयोग गरिएको हो ।

सेवा, सन्देश र मनोरञ्जनको मुख्य उद्देश्य बोकेर गाँउ समाजसम्म पुगेर सहयोगको भावना अभिवृद्धि गएिको छ । जसका कारण दैनिक जीवनमा समस्या भोगी रहेका व्यक्तिलाई सहयोगी मनहरुको आत्मिय सेवा भावकै कारण सहज भएको अध्यक्ष कंडेलले बताउँनुभएको छ । लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलको जन्मदिनको अवसरमा फाउण्डेशन मार्फत सहयोग गर्ने र सहयोगी मनहरुबाट पीडितहरुलाई फाउण्डेशन मार्फत सहयोग गरेका हुन ।

 

  1. ०१ नन्दु महतो रौतहट दुवै दृष्टिविहिन रु.४०,०००।–
    ०२ पुर्ण परियार नेपालगञ्ज मृगौला फेल रु.४०,०००।–
    ०३ सिता विश्कर्मा त्रिशुली, पिपलयर दृष्टिविहिन घर परिवार नभएको रु.३०,०००।–
    ०४ जय बहादुर तामाङ्ग धादिङ्ग, निलकण्ठ दृष्टिविहिन रु.३०,०००।–
    ०५ जुना विश्वकर्मा धरान मृगौला फेल रु.३०,०००।–
    ०६ रेशम मिजार सिन्धुपाल्चोक, पाङग्रेटार मृगौला फेल रु.२५,०००।–
    ०७ चन्द्रकला तामाङ्ग ओखलढुङगा हाल जोरपाटी रगत क्यान्सर रु.३५,०००।–
    ०८ हुछेलाल मान्धर धुलिखेल निमोनिया विग्रेको रु.१५,०००।–
    ०९ धन वहादुर वि.क सिन्धुपाल्चोक, दुवाकोट मृगौला फेल रु.३०,०००।–
    १० सारदा भुजेल ओखलढुङगा क्यान्सर रु.१५,०००।–
    ११ विष्णु थापा वुटवल, हाल कृतिपुर प्रसर रु.५,०००।–
    १२ संगिता महतो चितवन, नारायणी न पा २५ मृगौला फेल रु.३५,०००।–
    १३ खिस्टमाया तामाङ्ग धादिङ , खनियाबास गा.पा.१ मृगौला फेल रु.३०,०००।–
    १४ निशान वि.क सुर्खेत गुठु सुकेनास, कुपोषण भएको १८महिने बालक रु.३५,०००।–
    १५ राजनु श्रेष्ठ नारायणघाट मृगौला पिडितको मृत्यु परिवारमा समस्या रु.३५०००।–
    १६ मनोज सापकोटा झापा ब्लड क्यान्सर रु.३०,०००।–
    १७ चेतना तिमिल्सेना काभ्रे मृगौला फेल रु.३०,०००।–
    १८ मुना थापा मगर उदयपुर आगोले जलेको रु.३००००।–
    १९ कुमार परियार धादिङ, हाल वाँनियाटार मुटु रोगी रु.२०,०००।–
    २० सुन्दर थापा सिन्धुपाल्चोक, मेलम्ची बाढी पिडित रु.१५,०००।–
    २१ कृष्ण ब.लामिछाने पर्वत मृगौला फेल रु.३०,०००।–
    २२ ज्योति देवि श्रेष्ठ वुटवल बोनम्यारो रु.२०,०००।–
    २३ कर्ण बहादुर नेपाली सुर्खेत मेरुदण्ड भाँचिएको रु.४०,०००।–
    २४ धर्मराज ढुङगाना धनगढी मृगौला फेल रु.४५,०००।–
    २५ शर्मिला लामा पाँचखाल अपाङ्ग वेसहारा रु.२५,०००।–
    २६ भतm बहादुर वयक सुर्खेत चौकुने गुठु मृगौला फेल रु.३५,०००।–
    २७ तिलक बहादुर परियार सिन्धुली हाल टिचिङ अस्पताल टाँउकोमा क्यान्सर रु.३०,०००।–
    २८ बिर बहादुर ढोली मुगु खुट्टा नचल्ने अपाङ्ग रु.३०,०००।–
    २९ सामना घर्ति रोल्पा , हाल भक्तपुर खुट्टा नचल्ने अपाङ्ग रु.३०,०००।–
    ३० आइते सिंह तामाङ्ग धुलिखेल ३ काभ्रे मृगौला फेल रु.३०,०००।–
    ३१ जय बहादुर श्रेष्ठ सिन्धुपाल्चोक, गैरी अपाङ्ग रु.२०,०००।–
    ३२ गोरख बहादुर श्रेष्ठ दोलखा, चिसापानी दुबै मृगौला फेल रु.३०,०००।–
    ३३ दिपेश श्रेष्ठ दोलखा, बाघखोर दुबै मृगौला फेल रु.३०,०००।–
    ३४ राजेन्द्र माझी हेटौडा, काफलवारी छातिमा चोट लागेको रु.२५,०००।–
    ३५ सुनिल कुमार पाठक काभ्रे,चौरीदेउराली ७ दुर्घटनामा खुट्टा भाँचिएको रु.४०,०००।–
    ३६ केदार भट्ट धादिङ्ग, हाल हात्तिवन परिवार नै अपाङ्ग रु.३०,०००।–
    ३७ नेति परियार सोलुखुम्बु मृगौला फेल रु.१५,०००।–
    जम्मा रु. १० लाख ६० हजार हस्तान्तरण गरिएको थियो ।