एमालेले भोलीको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन


काठमाडौं, फागुन ०३। नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुन निर्देशन नै दिएका छन् । ‘एमसीसीबारे सरकारसँग कुनै छलफल नभएको भएको समेत स्पष्ट पादैं संसद बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको हो ।

भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले पत्रकारसंग भनेका छन् । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेसँगै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।