संसदको कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


काठमाडौं, फागुन ०४। सभमुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाको सचिवालयले बताए अनुसार बुधबार साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुने बताइएको छ । बुधबार १ बजे संसद बैठक बस्दैछ । संसद बैठकअघि बस्ने परामर्श समितिको बैठकलाई महत्वकासाथ हेरिएको छ । सम्भवत उक्त बैठकले संसद बैठकका लागि एमसीसी कार्यसूचीमा समेट्नेबारे निर्णय हुनेछ । मंगलबार नेपाली काँग्रेसले बुधबार बस्ने बैठकमा एमसीसी टेवुल गर्ने निर्णय गरेको थियो ।

काँग्रेसको बैठक सकिए लगत्तै प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र संसदको कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेको बताइएको छ । मंगलबार संसद सचिवालयले निकालेको सुचनामा भने एमसीसी सम्भावित कार्यसूचीमा समेटिएको थिएन । नेकपा एमालेले यसअघि अबरुद्ध गर्दा संसद चल्न सकिरहेको थिएन । लामो समयपछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।