यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पोर्टिङलाई ५–० गोलले हरायो


काठमाडौं, फागुन ०४। इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङलाई ५–० गोल अन्तरले हराएको छ ।

पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले घरेलु भूमिमा दुई गोलसँगै एक असिस्ट दिएपछि सिटीले स्पोर्टिङलाई फराकिलो गोल अन्तरले हराएको हो । सिटीका रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक÷एक गोल गरे । सिटीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग सिटीको मैदानमा मार्च ९ मा हुनेछ ।