उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ


काठमाडौं, फागुन ०४। एमसीसीको विरोधमा बन्द गराउँन निस्केका २३ जना बन्दकर्तालाई उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान पक्राउ पर्नेमा २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको हाे ।

पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत रहेको प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले ईमेज खबरलाई बताउनुभयाे । काठमाडौं उपत्यकामा सवारी साधन सामान्य रुपमा संचालन भईरहेको र उपत्यकामा बन्दको आशिंक रुपमा प्रभाव परेको उहाँले बताउनुभयो । बन्दको डरले मानिसहरुको चहलपहल भने कम रहेको उहाँको भनाइ छ ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणताlन्त्रक मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।