बन्दकर्ताले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा तोडफोड


काठमाडौं, फागुन ०४। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड भएको छ। बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बुधवार बिहान बाँकेको कोहलपुरमा उक्त गाडीमा तोडफोड गरेका हुन्।

काठमाडौंबाट धनगढी आउँदै गरेको ००१ झ ४०१ नम्बरको गाडीमा टोडफोड गर्दा सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले बताए। अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनले बताए।