प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्‍ने गरि स्थगित


काठमाडौं, फागुन ०४। प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते (शुक्रबार) दिउँसो १ बजे बस्‍ने गरी स्थगित भएको छ । बुधबार (आज) संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोस्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारबाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नाराबाजी गरेका थिए ।

संसदीय मर्यादा कायम गर भन्दै उनीहरुले सभामुखको भूमिकाको बिरोध गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । सभामुख सापकोटाले संसदमा विचाराधीन विषयहरु रहेकाले छलफलका लागि सदन सञ्चालनमा व्यवधान नगर्न पनि आग्रह गरे । सभामुखको आग्रहपछि पनि एमाले सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यस्तै बैठकले कांग्रेसका संविधानसभा सदस्य जगत बहादुर ताजपुरीया, २०५९ सालमा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य लक्ष्मीदास मानन्धर र एमालेकै तर्फबाट संविधानसभा सदस्य डाक्टर दुमन सिंहथापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो ।