भारतले पठायाे मूल्य वृद्धिको नयाँ सूची, आयल निगमले १५ दिनमै साढे २ अर्ब घाटा व्यहोर्ने !


काठमाडौं, फागुन ०५। भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँदा नेपालमा नेपाल आयल निगमलाई घाटा हुने भएको छ । अन्तर्राट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष असर नेपाल आयल निगममा पर्ने देखिएको हो ।

निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको जनाएको छ । सो अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य पठाएको समेत निगमले जनाएको छ । भारतले पठाएको नयाँ मूल्यमा प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ वृद्धि भएको छ । यो नयाँ मूल्य अनुसार निगमलाइ पाक्षिक अर्थात १५ दिनमै झण्डै करीब २ अर्ब ४१ करोड घाटा हुने निगमले जनाएको छ ।

बिज्ञप्ति