धरानमा दुई झोला भित्र शरीरका अंग भेटिए


पछिल्ला महिनामा लगातार मानिसको नयाँनयाँ तरिका अपनाएर हत्या हुने गरेको छ । कहिले साथी भाइले नै साथीलाई हत्या गरेका छन । भने कहिले आफ्नै व्यापारी साझेदारहरुबीच लेनदेनमा असहमति फैदा हुदाँ हत्या हुने गरेका छन् ।

पश्चिम नेपाल देखि पूर्वी नेपालसम्म हत्याको श्रृखला भने रोकिएको छैन । सुनसरी धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा पनि फेरी यस्ता प्रकृतिको हत्या भएको भेटिएको छ । जनंगलमा जेब्रा झोला र प्लाष्टिकमा मानिसलाई काटेर फालेको अवस्थामा भेटिएको छ ।

जेब्रा झोलामा टाउको र खुट्टा राखिएको छ । यता प्लाष्टिकको झोलामा शरीरको अरु भाग भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताएका छन् ।
आँपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न जाने क्रममा स्थानीयवासीन्दाले जेब्रा झोलामा मानिसको खुट्टा र टाउको देखेरपछि प्रहरीलाई खबर गरेका थिए । शव पुरुषको भएको प्रहरीले जनाएको छ । घटनास्थलमा गएर इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोलीले अनुसन्धान गरिरहेका छन् ।

मानिसहरुमा नैतिकता र मानवियताको संकट पदै गएकाले कसैबाट कसैको विश्वास हुन नसकेको हो । समाज विस्तारै विलासीतामा पुगेकै कारण मानविय संकट आउन थालेको हो । अर्कोतिर सबैभन्दा बढि हत्या लेनदेन र घरायसी मनमोटावले आफ्न्ताहरु भित्रै बढि घट्ने हुने गरेको प्ररहीको बुझाई छ ।