एमसीसीको विरुद्धमा ८ दलले आज पनि देशभर विरोध प्रदर्शन गर्ने


काठमाडौं, फागुन ०६। एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएकाे छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको थियो । साे बैठकपछि यस्तो निर्णय गरेको हो ।

यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दै गईरहेको छ । एकातिर अमेरिकी साम्राज्यवाद तिनका दलाल संसदवादी दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दै छन् भने अर्कोतिर राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्तिपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुविकरण भैइरहेको विज्ञप्तिमा भनिएको छ ।