आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं, फागुन ०६। आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेश गरेका थिए।

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन्। शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। अवरोधबीच सभामुख सापकोटाले संसद अघि बढाएका थिए।