कुशल भुर्तेलको अर्धशतक संख्या पाँच पुग्यो, तोडियो पारसको रेकर्ड


काठमाडौं, फागुन ०७। नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा अर्धशतकको संख्या पाँच पुर्याएका छन् । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्ससँग अर्धशतक प्रहार गरेका भुर्तेलले पूर्वकप्तान पारस खड्काको रेकर्ड पनि तोडेका छन् ।

पारसले अन्तर्राष्ट्रिय टी–ट्वेण्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेलले २०७८ सालको बैशाखमा नेदरल्याण्ड्सँग काठमाण्डौमा भएको त्रिदेशीय श्रृङ्खलाको क्रममा चारवटा अर्धशतक बनाएका थिए ।