सडक बत्तीको बक्यौता नतिरे १५ दिनभित्र सेवा बन्द गर्ने चेतावनी


नेपाल विद्युत प्राधिकरणले समयमै बक्यौला रकम नतिर्नेको सेवा बन्द गर्ने चेतावनी दिएको छ । प्राधिकरणले १५ दिनभित्रमा सडक बत्ती जडान गरेको बक्यौता नतिरे स्थानीय तह र उपभोक्ताहरूको विद्युत सेवा बन्द गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै उपभोक्ता र समूहहरुलाई दिन भित्र बाँकी सबै भुक्तानी नगरे सेवा बन्द गर्ने जानकारी दिएको हो।

‘प्राधिकरणबाट स्वीकृत लिई महानगरपालिका,उप(महानगरपालिका,नगरपालिका तथा गाउँपालिका वा उपभोक्ताहरुले जडान गरेका सडक बत्तीहरुको बक्यौता तिर्न आनाकानी गरेका छन,’सूचनामा उल्लेख छ।

केही स्थानीय तहहरुले मासिक विद्युत बिल तिर्न समर्थन समेत नगरेको प्राधिकरणले जनाएको छ। विद्युत प्रयोग गरेर सडक बत्तिका उपभोक्ता मात्र होइनन । उद्योगी, व्यवसायीले समेत प्राधिकरणलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन ।