प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय


काठमाडौं, फागुन ०८। सत्ता गठबन्धन दलको बैठकले एमसीसी प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

गठबन्धनले प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल गर्ने निर्णय गरेको हो । गत शुक्रबार सत्ता गठबन्धनबीच सहमति जुटन नसकेपछि थप गृहकार्य गर्ने भन्दै बैठक सारिएको थियो। अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ सम्मको समय दिएको छ।