ससदमा एमसीसी टेबल नगर्न माओवादी नेता गुरुङ र रावलको चेतावनी


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताए ।

एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गरे । माओवादी एमसीसीको विरुद्धमा निरन्तर रहेको भन्दै स्विकार्य नहुने बताएका हुन ।

उनले खारेजीको माग गर्दै कुनैपनि हालतमा स्विकार नगर्ने भनेका हुन । यता एमाले नेता भिम रावलले एमसीसी नेपाल र नेपालीको पक्षमा नरहेको भन्दै अस्विकार गर्न नहुने बताएका हुन । यता मजदुर किसान पार्टीका सांसद प्रेम सुवारले स्किार गर्न नहुने बताएका हुन ।