एमसीसी विवादले बानेश्व क्षेत्र तनावग्रस्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार


एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छाडेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएर संसद्‌मा प्रस्तुत गरिँदै गर्दा बानेश्वर सडकमा भने कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु प्रतिनिधिसभा बैठक सुरु हुनुअघिदेखि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।