संसदमा एमसीसी परियोजना छलफलका लागि प्रवेश, सम्झौतामा हस्ताक्षर गर्ने कार्कीले नै प्रस्ताव पेश गरे


विरोध र नाराबाजीबीच संसदमा पेश भयो एमसीसीसम्बन्धी प्रस्ताव पेश भएको छ । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गरेका हुन्।

संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबाजी गरेका हुन ।
संसदमा एमसीसी परियोजना छलफलका लागि प्रवेश गरेका उनले सम्झौतामा हस्ताक्षर गर्ने प्रस्ताव पेश गरेका थिए । अर्को संसद बैठक आगामी १२ गते बस्ने छ ।