एमसीसी विरोधीको विरोधमा बानेश्व क्षेत्र दिनभरी रणभूमी, प्रदर्शनकारी माथि प्रहरीले गोली चलायो


अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले रवरको गोली चलाएको छ ।

बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बन्यो । संसद बैठक बस्दा आन्दोलनकारीले निषेक्षित क्षेत्र तोडेका थिए ।

प्रहरीलाई सुरुमा लखेटेका आन्दोलनकारीलाई प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेका हुन । दिनभरी प्रहरी आन्दोलनकारी प्रति आक्रामक नभएपछि ४ बजेपछि भने प्ररहीले उनीहरुलाई लखेटी लखेटी कुटपीट गरेको हो ।

बानेश्वस क्षेत्र मात्र नभई बुद्धनगर शान्तिनगर, अमाननगर, विजुलीबजार लगायतकाा भित्री गल्लमी पसेर समेत प्रहरीले कुटपीट गर्नुका साथै लखेटेको हो । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि प्रहरीले विजुली बजार आसपासमाा रवरको गोली समेत चलाएको हो ।