एमसीसीको विपक्षमा माओवादी पार्टी रहेको प्रचण्ड दाबी


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् । आज संसदमा एमसीसी प्रस्ताव पेश भएपछि त्यसको विरुद्धमै सत्ता पक्षको प्रमुख घटक माओवादी विपक्षमा उभिएको हो ।

आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ ।

हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाएका छन् । माओवादी सुरुकै दिन देखि एमसीसीको विपक्षमा उभिदै आएको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्तीमगर र रेखा शर्माले लिखित रुपमै विरुद्धमा उभिन आश्हान गरेका हुन । एमसीसी संसदमा टेवल भएको विरोधमा आज दिनभरी नै बानेश्व क्षेत्र तनावपूर्ण बनेको हो । आन्दोलनमा प्रहरीको दमनबाट माओवादी भातृ संगठनका सदस्यसहित दर्जनौ सर्वसाधारण घाइते भएका छन् ।