तराई–मधेश द्रुत मार्ग २०८१मा सम्पन्न हुने


नेपाली सेनाले तराई–मधेध द्रुत मार्ग फास्ट ट्र्याक २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ । नेपाली सेनाले यो मार्गको रेखाङकन परिवर्तन गर्ने गरेको, विवाद समयमै समाधान नभएको जस्ता बहाना बनाएर समय सिमा भन्दा धेरै ढिला गरी काम गर्ने भएको हो ।

विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताएका छन् ।

उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताएका हुन ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ । सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’

बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनले बताए । यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताए ।

उनले भने, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’ तराई–मधेश द्रुत मार्ग निर्माण भएसंगै तराईसंग राजधानी सिधै जोडिने छ । भने यात्रा समेत सहजता हुने छ ।