राजपरिवारलाई संगीत सिकाउने कलाकार जयनन्द लामा को हुन ?


काठमाडौं, फागुन ११। वरिष्ठ कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान उनको निधन भएको हो । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको परिवारले बताएका छन् । लामा २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन लामा । उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो।

यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका उनी सानै उमेरदेखि गित संगीतमा लागेका थिए । उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थिए । २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा क्षेत्र र सागितक क्षेत्रमा आफ्मै जीवनलाई सम्प्रण गरी अभिनयमै सक्रिय भए । उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्यायबाची नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत उनका बहुचर्चित छन्। गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थालेका लामाले प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए। प्रज्ञा प्रतिष्ठानको जागिरे थिए ।

प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय थिए । रियालिटी सो लोक स्टारको निर्णायक मण्डलको समेत भूमिका निभाएका लामाले थुप्रै मौलिक लोकगीत गाएका छन् । ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीत रेकर्ड गराए। उनी राजा महेन्द्र र वीरेन्द्रको नजरमा समेत परेका लामाले कला र गला भएकै कारण राजदरबारमैैै बसेर पढ्ने मौका पाए।

दरबारमै बसेर कला साहित्यमा स्नातकसम्मको अध्ययन गरेका लामाको राजखानदानसंग पनि त्यतिकै सुमधुर सम्बन्ध थियो । विषेश पर्व तथा समारोहमा उनै लामाले संगीत र लोक साहित्य दिने गर्दैै दरबार भित्रै ।उमेरले बुढौली लागे पनि जोश जागरमा तन्नतेरी देखिने लामाले मौलिक लोक संगीतको मनमुटुलाई छुन सफल इन्द्रेणी कार्यक्रम मार्फत असोज ३ गते निकै रोचक प्रस्तुती समेत देखाएका थिए । उनको भौतिक शरिर हामी माँझ नभएपनि उनले प्रस्तुती गरेका कला, गीत। संगीत र अभिनय भने भावी पूस्ताका लागि समेत जीवन्त रही रहने छन् । एकल रुपमै सबै बाध्यबाधन तथा गायन प्रस्तुत गर्न सक्ने लामाको यो प्रस्तुती नै इन्द्रेणी कार्यक्रममा अन्तिम हुन पुग्यो । लामा प्रति इन्द्रेणी परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली …